दलहरुको झगडामा पूर्वराजाले अस्तित्व फर्काउने सपना देखेका छन् : मन्त्री नायक
काठमाडौँ – काुनन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले दलहरुबीचको झगडाका कारण पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो गुमेको सपना फर्काउने सपना देखेको बताएका छन् ।
‘आज कुनै कुनाबाट राजामहाराजाले विज्ञप्ति निकालेर भन्दैछन् कि पहाड र मधेसलाई छुट्याउने लाग्यो, मधेस र पहाडको नाम जोडेर उसले राष्ट्रियताको नाममा विज्ञप्ति निकाल्दैछन्’ ६० औँ बार दिवसको अवसरमा बिहिबार आयोजित संविधान कार्यान्वयन–न्यायपालिका र बारको भूमिका विषयक गोष्ठीमा बोल्दै उनले भने, ‘उसले त्यो विज्ञप्ति कुनै जनता र राष्ट्रप्रतिको चिन्ताले होइन । आफ्नो गुमेको अस्तित्व दलहरुको झगडामा फर्किन्छ भन्ने सपना देखेर निकालेका हुन्, उनले त्यो सपना देखेका छन् ।’
उनले राजालाई फर्काउने नेपाली जनताको चाहना अहिले नभएको समेत बताए ।
उनले संविधान कार्यान्वयनको प्रक्रिया निकै अघि बढिसकेकाले संविधानको कार्यान्वयन हुनेमा दुविधा राख्न नहुने बताए ।
उनले भने, – विकास स्थानीय निर्वाचनबाट मात्रै सम्भव छ ।
– स्थानीय निर्वाचनका लागि कानुन मन्त्रालयले कानुन निर्माणको कामलाई तीव्र पारेको छ ।
– सदनमा पहिलो निर्वाचनसम्बन्धी कार्यसुची राखेका छौँ । निर्वाचन गर्न ऐन ल्याउँदै गर्दा वातावरण बनाउनुपर्ने हुन्छ ।
– मधेसी, थारु, जनजाति एउटा शक्ति हुन् । उनीहरुलाई बाहिर राखेर देश बन्नसक्दैन ।
– संविधानको कार्यान्वयन नगरी राष्ट्रलाई कसैले पछाडितिर धकेल्न खोज्छ भने त्यो दिवासोप्न हुनेछ । देश अघि बढिसकेको छ ।
- जनयुद्ध र मधेस आन्दोलनको राप तापका बेला संघीयतालाई सहज स्वीकार्नेहरुले अहिले त्यसलाई स्वीकार्न अप्ठ्यारो मानेका छन् ।
- ‘शक्ति सन्तुलनमा माओवादी कमजोर हुँदा हामीलाई संघीयता चाहिएकै होइन भन्नेजस्ता लापरबाही भाषा बोल्न थाल्यो भने देश कता जान्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण