खानाबार : पारिवारिक जमघटका लागि स्मार्ट क्याफे
काठमाडौँ – यदि तपाईंहरु खुल्ला वातावरणमा स्वादिष्ट खानाको आनन्द उठाउन चाहनुहुन्छ भने काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट क्याफे तपाईंको लागि राम्रो गन्तब्य बन्न सक्छ ।
साढे २ रोपनी जग्गामा फैलिएको यस क्याफेमा सञ्चालक बाबु राम कार्कीले २ करोडको लगानी गरेका छन् । सञ्चालक कार्की १३ वर्ष अघि कामको खोजीको सिलसिलामा काठमाँडौ आएका थिए ।
‘एउटा चिनेको दाईले रेष्टुरेन्टमा काम लगाइदिए,’ उनी भन्छन्, ‘त्यहाँ वेटर भएर काम गरेँ ।’ त्यहीँबाट कार्कीमा रेष्टुरेन्ट व्यवसाय प्रति लगाव बढ्न थाल्यो ।
‘मेहेनत पनि धेरै गरेँ । २०६७ सालमा आएपछि रेष्टुरेन्टमा म्यानेजर भएर काम गर्ने अवसर मिल्यो,’ सञ्चालक कार्कीले यसरी आफ्नो बिगत सम्झिए ।
उनी भन्छन्, ‘पछि मैले आफ्नै रेस्टुरेन्ट खोल्ने निधो गरेँ । मलाई अहिले रेष्टुरेन्ट व्यवसायको नशा चढिसक्यो । यहाँ काम गर्ने सबैजनाको धेरै थोरै लगानी छ, यस रेष्टुरेन्टमा ।’
स्मार्ट क्याफे पारिवारिक जमघटको लागी एकदमै उत्कृष्ट वातावरण भएको रेष्टुरेन्ट हो । विवाह, व्रतबन्धजस्ता ठूला कार्यक्रमका लागि यो निकै उपयुक्त रहेको छ ।
यहाँ जम्मा जम्मी ४५ जना स्टाफहरु रहेका छन् । पार्किङ्गको पनि एकदमै राम्रो सुविधा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण