बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एसबीआई बैंकको पेमेन्ट गेटवे फेज–दुई सेवा सूरु

शुक्रबार, ०८ पुस २०७३, १० : ५७
शुक्रबार, ०८ पुस २०७३

काठमाण्डौ–नेपाल एसबिआई बैंक लिमिटेडले पेमेन्ट गेटवे फेज–दुई (भारतबाट नेपाल) र मर्चेन्ट एक्वायरिङ्ग सेवासुरु गरेको छ ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रे र स्टेट बैंक अफ इन्डिया, अन्तराष्ट्रिय बैंकिङ्ग विभागका नायब प्रबन्ध सिद्धार्थ सेनगुप्ताले संयुक्त रुपमा बैंकिङ सेवाको उद्घाटन गरेका हुन्। आप्mना ग्राहकहरुका लागि उच्चस्तरीय बैंकिङ्ग सेवा दिने उद्देश्यले बैंकले यी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

नयाँ सेवा शुभारम्भ गर्दै नेपालका लागि भारतीय राजदूत रायले नयाँ पेमेण्ट गेटवेले भारतमा रहेका नेपालीलाई घरमा सुरक्षित ढंगले पैसा पठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आईटीमा आधारित नयाँ सेवा सुभारम्भ गरेकोमा बैंकलाई बधाइ दिए ।

पेमेन्ट गेटवे फेज–दुई अन्तर्गत भारतमा रहेका नेपालीहरुले तत्काल नेपालमा पैसा पठाउन सक्नेछन् ।

त्यसैगरी, मर्चेन्ट एक्वायरिङ्ग सेवाबाट सेवाग्राहीलाई सुरक्षित रुपमा बैंकिङ कारोबार गर्न सहयोग गर्ने बैकले जनाएको छ । यस्तो टर्मिनलबाट कारोबार गर्दा कार्डवाला आधिकारिक व्यक्तिले आफै पिन कोड इण्ट्री गरेपछि मात्रै कारोबार सफल हुनेछ । यसले गर्दा ग्राहकको कार्डको दुरुपयोग हुने र अनावश्यक रकम भुक्तानी हुने संभावना कम भएर जाने छ ।

यसैबीच, बैंकले काठमाडौंस्थित केशर महलमा कर्पोरेट शाखाको पनि उद्घाटन गरेको छ । एसबीआई मुम्बइका सिद्धार्थ सेनगुप्ताले सो शाखाको उद्घाटन गरेका थिए ।

नेपाल एसबीआई बैंकले हाल ६२ शाखा र ७ एक्सटेन्सन काउण्टरसहित ६९ कार्यालयबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप