बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

इलाम बाँझोमा प्रहरी चौकीलाई जग्गा दान

शुक्रबार, ०८ पुस २०७३, ११ : ०७
शुक्रबार, ०८ पुस २०७३

इलाम - इलाम बाँझोका एक समाजसेवीले प्रहरी चौकीको भवन निर्माणका लागि करिब तीनलाख रूपैयाँ पर्ने एक रोपनी जग्गा दान दिनुभएको छ ।

बाँझो–५ का रत्नकुमार राईले प्रहरी चौकीको भवन निर्माणका लागि सो जग्गा दान दिनुभएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।

त्यस्तै, सोही स्थानमा पर्ने दुई रोपनी जग्गा स्थानीयवासीले आर्थिक सङ्कलन गरेर खरिद गरी चौकीलाई उपलब्ध गराएका छन् । स्थानीयवासीले स्थानीयस्तरमा आर्थिक सङ्कलन गरेर जग्गा खरिद गरेका हुन् ।

दुवै जग्गाको धनीपुर्जा बिहीबार रत्नकुमार राईले प्रहरी उपरीक्षक यादवलाई हस्तान्तरण गरे । यसअघि सोही स्थानमा चौकी भएपनि आफ्नै भवन नहुँदा प्रहरीलाई आवासको समस्या रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप