राजविराजमा पनि राष्ट्रिय खेलकुद हुने
राजविराज - सप्तरीको सदरमुकाम राजविराजमा आगामी पुस १० गतेदेखि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन प्रतियोगिता सञ्चालन हुने भएको छ ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीमा भारत्तोलन सङ्घ, सप्तरी र जिल्ला खेलकुद विकास समितिले संयुक्तरुपमा बिहीबार पत्रकारसम्मेलनमा सो कुरा बताइएको छ ।
भारोत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवले अगामी पुस १० गतेदेखि यहाँ सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले गर्ने जनाएका छन् ।
भारोत्तोलन सङ्घका केन्द्रीय सदस्य एवम् प्रशिक्षक दिनेश भुजेलका अनुसार महिलातर्फ सात र पुरुषतर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुने बताउँदै सो प्रतियोगितामा नेपालको पाँच विकास क्षेत्रका सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी एकसय २३ खेलाडीको सहभागिता रहने बताइएको छ ।
साथै, प्रशिक्षक, निर्णायक र व्यवस्थापक गरी दुईसय ४० जनाको सहभागिता रहने जनाइएको छ ।
यसैबीच, राष्ट्रिय प्रतियोगिताअन्तर्गत भारोत्तोलन प्रतियोगिता स्थल, खेलाडी, व्यवस्थापनका निर्णायक लगायतको खाना, होटल, लज, मेडिकललगायत आवश्यक सबै प्रबन्ध मिलाइसकेको जिल्ला खेलकुद विकास समिति, सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण