दाताले सहयोग नगर्दा महिला सेलको भवन अलपत्र
रौतहट–रौतहटको बिजयपुरस्थित ईलाका प्रहरी कार्यालय परिसरमा निर्माणाधिन महिला सेलको चार कोठे भवन लामो समयदेखी अपुरो रहेको छ ।
सम्बन्धित गाविस, जिल्ला विकास समिति रौतहट लगायतका दातृ निकायले आर्थिक सहयोग नगर्दा गतबर्ष देखी निर्माणकार्य रोकिँदा भवन अधुरै रहेको हो ।
तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी डाक्टर गणेश रेग्मीको रोहवरमा आमा समुहले स्थानीय विकास अधिकारी उमेश बस्नेतलाई भवन निर्माणमा सहयोगका लागी अनुरोध गर्दा सहयोग गर्ने बाचा गरेका स्थानीय विकास अधिकारी बस्नेतले हालसम्म कुनै वास्ता नगर्दा भवन निर्माण नै रोक्नु परेको आमासमुहकी सुमित्रा सापकोटाले बताईन् ।
त्यसैगरी लक्षमिनियाको गाँउ परिषादमा पनि पटक सहयोगका लागी अनुरोध गर्दा दलका स्थानिय नेताहरु र गाविस सचिवले वास्ता नगरेको सापकोटाले गुनासो गरीन ।
रौतहट क्षेत्र नम्बर पाँचका सांसद सुनिल यादवको संसदविकास कोषबाट दुईलाख, गाविस लक्षमिनियाबाट एकलाख, स्थानीयको चन्दा सहयोगबाट ५० हजारगरी कुल तिनलाख ५०हजार रुपैयाँ भवन निर्माणमा खर्च भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक धर्म मुडभरीले बताए ।
निर्माणाधिन भवनको माथिल्लो बिमसमेत ढलान भईसकेकाले छतढलान लगायतका काम पुरा गर्न थप ३ लाख रकम लाग्ने निरिक्षक मुडभरीले बताए ।
लक्षमिनिया बिजयपुर क्षेत्रमा महिला हिंसा लगायतका घटनाहरु धेरै हुने गरेकाले त्यसको नियुनिकरणका लागी महिला सेल आवश्यक रहेको आमा समुहका सदस्यहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण