एनआईसी एशिया बैंकको वृक्षारोपण अभियान सुरु
मोरङ – एनआईसी एशिया बैंकले वृक्षारोपण अभियान सुरु गरेको छ ।
बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी अभियानको रुपमा यस आर्थिक वर्ष भित्र ७ हजार भन्दा बढी विरुवा रोपेर वातावरणीय सन्तुलनमा योगदान पु¥याउने अठोट गरे अनुसार बंकले बृक्षरोपण अभियान शुरु गरेको हो ।
सातौं राष्ट्रिय खेलकुद २०७३ को उद्घाटन कार्यक्रमसँगै मोरङ्गको बैजनाथपुरस्थित जिल्ला खेलकुद समितिको जमिनमा शुक्रबार विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कायर्मक्रममा विराटनगरका भद्रभलाद्मीका साथै राष्ट्रिय खेलकुदसँग सम्बन्धित पदाधिकारीले २०० वटा विरुवा रापेका थिए ।
विरुवा रोप्ने अनुकूल मौसम जेठ–अषाढ भएकोले अन्य विरुवा भने तयही मौसममा रोपिने एन्आईसी एशिया बैंकका विराटनगर क्लस्टर प्रमुख संतोष राठीले जानकारी दिए ।
रोपिएका विरुवाको तारबार एवं सुरक्षा जिल्ला खेलकुद समितिले गर्ने र सो विरुवाको २ वर्ष सम्म हेरचाह बैंकले गर्ने व्यवस्था मिलाइएको छ ।
एन्. आई. सी एशिया बैंकले देशभरका आफ्ना शाखामार्फत, स्कूल, अस्पताल, सरकारी कार्यलय परिसर, खेलकुद मैदानमा वृक्षारोपण र संरक्षणका लागि सम्बन्धित संस्था वा समुदायसँग सहकार्य गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण