क्रिसमसमा अस्ट्रेलियाको मेलबर्न आक्रमण गर्ने आतंकवादीको योजना विफल
मेलबर्न – अस्ट्रेलियाको प्रहरीले आतंकवादीहरुले मेलबर्नमा सहरमा क्रिसमसका दिन आतंकवादी आक्रमण गर्ने बनाएको योजना विफल बनाएको बताएका छन् ।
शुक्रबार बिहान गरिएको कारवाहीपछि ५ जना व्यक्तिलाई पक्राउ गरेको भिक्टोरिया प्रहरीका प्रमुख ग्राहम एस्टनले बताए ।
एस्टनका अनुसार आतंकवादीहरुले विस्फोटक पदार्थको प्रयोगदेखि बन्दुक र छुरीलगायत अन्य हतियार प्रयोग गरेर आतंक सृजना गर्ने योजना बनाएको बताएका हुन् ।
‘फ्लीन्डर्स सेन्ट स्टेसन, फेडरेसन स्क्वेर र सेन्ट पल क्याथेड्रल सहरको मुख्य स्थानमा आतंकवादी आक्रमण गर्ने योजना बनाइएको थियो,’ उनले भने ।
एस्टनले अब सर्वसाधरणलाई कुनै खतरा नभएको बताए ।
‘हामीले सबै खतरालाई निस्कृय पारेका छौँ,’ उनले भने ।
पाँचमध्ये चार जना लेबनानमूल भएका अस्ट्रेलियाली नागरिक रहेको र उनीहरुको उमेर २० वर्षको आसपास रहेको बताइएको छ । पाँचौँ व्यक्ति इजिप्सियन मूलका रहेको बताइएको छ ।
उनीहरु इस्लामिक स्टेटको प्रोपोगाण्डाबाट प्रभावित भएको प्रहरीले बताएको छ । अन्य एक पुरुष र महिलालाई भने रिहा गरिउको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण