बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रोनाल्डो सामाजिक सञ्जालको पनि ‘राजा’

शुक्रबार, ०८ पुस २०७३, १२ : २३
शुक्रबार, ०८ पुस २०७३

म्याड्रिड – क्रिस्टियानो रोनाल्डोका लागि यो वर्ष निकै सफल साबित भयो । यसमा उनले एउटा उपाधि थप गरेका छन् ।

३१ वर्षीय खेलाडीले रियल म्याड्रिडसँग च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिते भने युरो २०१६ को उपाधिसँगै पोर्चुगलको लामो समयदेखिको ठूलो उपाधिको प्रतिक्षालाई अन्त्य गरे । यसका लागि उनले बालोन डि’ओरको उपाधि जिते ।

यतिले मात्र नपुगेर अब उनले सामाजिक सञ्जालमा सफल साबित भएका छन् । सामाजिक सञ्जालको एनलाइटीक टुल क्राउड ट्यांगलले गरेको अध्ययनको अनुसार म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडीले फेसबुकमा गरेको पोष्ट विश्वभरका खेलाडीहरु मध्ये टप थ्रीमा रह्यो भने, इन्सटाग्राममा टप फाइभमा परे ।

उनले सबैभन्दा उत्कृष्ट पोष्टले ३.४ करोड प्रयोगकर्तालाई आकर्षित गर्यो । यसमा उनले युरो २०१६ को उपाधि उचालेको तस्विर, छोरासँग जन्मदिन मनाएको र प्लेनमा पोर्चुगलको टोलीसँग गरेको रमाइलोको तस्विर रहेको छ । यसमा सबैभन्दा उत्कृष्ट पोष्टले एक्लै ७४ लाख प्रयोगकर्तालाई आकर्षित गरेको थियो ।

इन्सटाग्राममा ट्रफी उचालेको, नयाँ कार र नायक जेसन स्थाटमसँग भेटेको तस्विर निकै चर्चित रह्यो ।

ट्वीटरमा भने सबैभन्दा चर्चित पोष्ट अमेरिकी जिम्नास्ट सिमोनी बाइल्सको रह्यो । फुटबलमा भने ज्लाटान इब्राहिमोविचले युनाइटेड जाने घोषणा गरेको पोस्ट सबैभन्दा चर्चित रहे ।

कुनै पनि पनि पोष्ट पाएको इन्टर्याक्सनको आधारमा उत्कृष्ट पोष्ट छानिएको थियो ।

रोनाल्डोले यसअघि नै २०१६ लाई आफ्नो लागि उत्कृष्ट वर्षको बताइसकेका छन् ।

समाजिक सञ्जालको ट्रेन्ड हेर्दा यो उनको सबैभन्दा चर्चित वर्ष पनि बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप