मेस्सीले बार्सिलोनामै नयाँ करार गर्नेछन् : नेयमार
बार्सिलोना – बार्सिलोनाका स्टार नेयमारले लियोनेल मेस्सीले ढिलो चाँडो बार्सिलोनासँगनै नयाँ करार अनुबन्ध गर्ने विश्वास व्यक्त गरेका छन् ।
२९ वर्षीय मेस्सीलाई क्लबले केही हप्तामा नै नयाँ करार अफर गर्ने बताइएको छ । उनको करार आगामी जुन २०१८ मा समाप्त हुँदैछ ।
नेयमारले अर्जेन्टिी स्टार क्याम्प नाउमा रहने बताउँदै उनीसँगको करार चाँडै टुंगो लाग्ने बताए । क्लबका अध्यक्ष जोसेप मारिया बार्टमेउले भने यसबारे छलफल शुरु हुन अझै बाँकी रहेको बताएका थिए ।
‘मलाई आशा छ मेस्सी हामीसँग बार्सिलोनमा नै रहनेछन्,’ साउ पाउलोमा पत्रकारहरुसँग कुरा गर्दै मेस्सीले भने ।
‘उनले नयाँ करार अनुबन्ध चाँडै गर्ने मैले आशा गरेको छु,’ ब्राजिलियन खेलाडीले भने ।
पछिल्लो समय मेस्सी म्यान्चेस्टर सिटी जाने हल्ला चलेको छ । बार्सिलोनका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला उनलाई सिटी भित्र्याउन इच्छुक रहेको बताइएको छ ।
बार्सिलोना हाल रियलपछि लिगको दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोनाले आगामी जनवरी ८ मा भिल्लेरियालको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण