भूकम्पपीडितको लगत प्रमाणीकरण सुरु
शुक्रबार, ०८ पुस २०७३, १६ : ००
सोलुखुम्बु - विनाशकारी भूकम्प गएको २० महिनापछि सोलुखुम्बुमा आवास निर्माण अनुदान वितरणका लागि भूकम्पपीडितको लगत प्रमाणीकरणको काम सुरुवात भएको छ ।
आज सदरमुकाममा पुनःनिर्माण प्राधिकरणका सदस्य धु्रवप्रसाद शर्माको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी जिल्लाका पीडितको लगत सङ्कलन तथा प्रमाणीकरणको काम सुरु गरिएको छ ।
यही हप्ता जिल्लामा तथ्याङ्क कार्यालय स्थापना गरी जिविसबाट प्रारम्भिक तथ्याङ्क लिएको र अब त्यसलाई प्रमाणीकरणका लागि प्राविधिकको टोली गाउँमा जाने पुनःनिर्माण प्राधिकरणका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।
यसअघि सोलुखुम्बुमा आठ हजार ६१७ घर पूर्ण क्षति भएको तथ्याङ्क रहेकामा त्यसपछि आएका उजुरीका आधारमा १९ हजार ७२५ घर पुगेको जिविसले तथ्याङ्क तयार गरेको छ ।
जिविसले तयार गरेको सूची आइतबार मात्र प्राधिकरणमा पठाएर लगत सङ्कलनका लागि प्रमाणित गर्ने भएकाले छुट भएकाहरुको नाम समेट्दा सूची बढ्नसक्ने जिविसले जनाएको छ ।
सूचीमा आंशिक क्षति भएकाको समेत तथ्याङ्क समेटिएकाले ती १९ हजार ७२५ सबै घरमा प्राविधिक पुगी क्षतिको वर्गीकरण गरेर भत्काउनै पर्ने अवस्थाका घरलाई लाभग्राहीको सूचीमा राख्ने र उनीहरुले आवास अनुदानअन्तर्गत रकम पाउने पुनःनिर्माण प्राधिकरणका सदस्य धु्रवप्रसाद शर्माले जानकारी दिए ।
छलफल कार्यक्रममा अरुको जग्गामा घर बनाएर बसेका र घर क्षति भएका सुकुम्बासी, अंशबन्डा भइसकेका तर कानुनीरुपमा अंशबन्डा नगरेका दाजुभाइ, बाबुछोरा, पहिरोको जोखिममा परेका बस्तीमा पीडितलाई पनि सँगै अनुदानको प्रक्रियामा लैजानुपर्ने सुझाव जिल्लास्थित दल तथा अन्य सरोकारवालाले दिएका छन् ।
डेढ वर्षअघि घर भत्किएपछि पाल तथा जस्ताको छानामुनि रात बिताइरहेका पीडितले अब भने आवास अनुदान पाउने आशा बढेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण