पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन्
काठमाडौँ - आर्थिक वर्ष २०७२/७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए ।
उनका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख आठ हजार ८७६ जनाले सम्पत्ति विवरण बुझाएका छन् ।
सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी नेपाल प्रहरीका रहेका छन् । नेपाल प्रहरीका ४७७ जना, सशस्त्र प्रहरी बलका २८ जना र राष्ट्रिय अनुसन्धान प्रहरीका २० जनाले सम्पत्ति विवरण बुझाएका छैनन् भने राष्ट्रिय सतर्कता केन्द्र प्रहरी समूहका सबैले सम्पत्ति विवण बुझाएका छन् ।
किताबखानाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी र सतर्कता केन्द्र प्रहरी समूहका सम्पत्ति विवरण बुझ्ने काम गर्दछ ।
अघिल्लो आवमा १६७ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको उनले बताए ।
सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारण गरेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही रु पाँच हजार जरिवाना गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण