बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

११८ यात्रु बोकेको लिबियाको अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा

शुक्रबार, ०८ पुस २०७३, १७ : ०३
शुक्रबार, ०८ पुस २०७३
भालेटा – लिबियाबाट १ सय १८ यात्रु बाेकेकाे एक विमान हाइज्याक पश्चात माल्टामा अवतरण भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लिबियासेबाबाट त्रिपोलीका लागि उडेको विमान डाइभर्ट गरेर माल्टामा अवतरण गरिएको स्थानीय मिडियाले जनाएका छन् । हाइज्याक भएको भनिएको राज्यद्वारा सञ्चालित अफ्रिकिया एयरवेजको एयरबस ए३२० विमानमा ११८ जना रहेको बताइएको छ । टाइम्समा अफ माल्टाका अनुसार दुई जना अपहरणकारीले विमानलाई पड्काउने धम्की दिएका छन् । यता, अलजजिराले भने अपहरणकर्तासँग हाते ग्रिनेड रहेको बताएको छ । अपहरणकर्ताले आफू गद्दाफी समर्थक रहेको विमानका कर्मचारीलाई बताएको समाचारमा उल्लेख छ । अपहरणकर्ताले यात्रुहरुलाई छाड्न तयार रहेको तर विमानका कर्मचारी नछाड्ने बताएको टाइम्स अफ माल्टालाई उल्लेख गर्दै समाचार लेखेको छ । लिबियाका पूर्व नेता मुहमद गद्दाफी सन् २०११ मा मारिएका थिए । त्यसपछि देश द्वन्द्वबाट गुज्रिरहेको छ । विमान वरिपरी बाक्लो सैन्य उपस्थिति रहेको छ । माल्टाका प्रधानमन्त्री जोसेप मुस्काटले ट्वीट गर्दै सम्भावित हाइज्याकको जानकारी दिएका छन् ।   यसअघि, गत चैतमा इजिप्ट एयरको विमान अपहरणमा परेको थियो । तर, अपहरण प्रकरण नाटकीय रुपमा अन्त्य भएको थियो । इजिप्ट एयरको एमएस १८१ कल साइन भएको विमानलाई एक यात्रुले आफ्नो शरीरमा विस्फोट पदार्थ रहेको भन्दै अपहरण गर्दै साइप्रस पुर्याएका थिए । तर, अपहरणकर्ताले आत्मसमर्पण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । मिडिया रिपोर्टका अनुसार सैफ एल्डिन मुस्तफा नाम गरेका व्यक्तिले आफ्नो पूर्व पत्नीसँग कुरा गर्न विमान अपहरण गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप