बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

घोडा र खच्चरका लागि निशुल्क स्वास्थ्य शिविर

शुक्रबार, ०८ पुस २०७३, १७ : २१
शुक्रबार, ०८ पुस २०७३
म्याग्दी– पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखराले म्याग्दी जिल्लाको दरभाङ र सेभाङ्मा राखेको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ६८ वटा घोडा र खच्चरको स्वास्थ्य परिक्षण गरिएको छ । पुस २ गतेदेखि चार दिनसम्म सञ्चालित शिविरमा ४ सय ६८ वटा घोडा तथा खच्चरको स्वास्थ्य परीक्षण गरिएको आयोजक सस्थाकी सूचना तथा सञ्चार अधिकृत अनिता पोखरेलले जानकारी दिईन । स्वास्थ्य परीक्षणको क्रममा घाईते तथा विरामी भएका घोडा खच्चरका धनीलाई निशुल्क औषधी वितरण समेत गरिएको थियो । शिविरमा घोडा खच्चर कल्याणकारी परियोजनाका फिल्ड संयोजक डा. निरन अधिकारी तथा प्राबिधिक बिमल लामिछानेले स्वास्थ्य परीक्षण गरेका थिए । उक्त परियोजनालाई बेलायतको ब्रुक नामक सँस्थाले आर्थिक सहयोग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप