बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

डाँका मुद्दामा दोषी चौधरी १७ बर्षपछि पक्राउ

शुक्रबार, ०८ पुस २०७३, १७ : २४
शुक्रबार, ०८ पुस २०७३
दाङ– जिल्ला प्रहरी कार्यलय दाङले डाँका र चोरी मुद्दामा दोषी ठहर भएका एक व्यक्ति १७ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोबरडिहा गाविस ५ पचाह निबासी ३६ बर्षका प्रकाश चौंधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रकाशराज शर्माका अनुसार स्थानीय धनेश्वर अर्यालको घरमा डाँका गरेको मुद्दामा जिल्ला अदालत दाङले २ असोज २०५७ मा चौंधरीलाई ९ बर्ष कैद र ९९ हजार ७ सय ४२ रुपैयाँ जरिवाना तोकेको थियो । चौंधरीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरको हो । करणी मुद्दामा फरार युवक ५ बर्ष पछि पक्राउ त्यसैगरी जवरजस्ती करणीमुद्दामा फरार एक युवक ५ बर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको जलुके गाविस ६ निबासी सुमन कुमाल रहेको दाङ प्रहरीले जनाएको छ । दाङ लालमटीया गाविस ६ निबासी एक महिलालाई करणी गरेको आरोप लागेपछि उनि २६ असार २०६९ साल देखि भागेका थिए । कुमाललाई भालुबाङबाट खटीगएको प्रहरी टोलीले गोबरडिहा १ जुरैनी स्थित चिसापानीबाट पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप