बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अपहरित सवैलाई सकुशल रिहा, अपहणकारीलाई आत्मसमर्पणपछि हिरासतमा लिइयो

शनिबार, ०९ पुस २०७३, ०७ : ४२
शनिबार, ०९ पुस २०७३
माल्टा - लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस माल्टामा अवतरण भएपछि यसमा रहेका सवै यात्रु सहित चालक दलका सदस्यलाई सकुशल रिहाई गर्न माल्टा सरकार सफल भएको छ । विमानमा यात्रा गरिरहेका अपहरणकारीले आत्म समर्पण गरेपछि उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत जानकारी गराएका छन् । विमानमा ८२ जना पुरुष र २८ जना महिला यात्री थिए भने सात जना चालकदलका सदस्य रहेका थिए । यसैबीच विमान अपहरण गर्ने दुई यात्रुले आफुहरु पूर्व मोहम्मद कद्दाफीका समर्थक रहेको दावी गर्दै माल्टामा राजनैतिक शरणार्थीका रुपमा स्वीकार गर्न माग गरेका लिवियाका विदेशमन्त्री ताहेर साहिलाले बताए । अपहरणकारीले गद्दाफीका समर्थकद्वारा राजनैतिक पार्टी गठन गर्न पाउनुपर्ने लगायतका माग राखेका विदेशमन्त्री साहिलाले बताए । लिवियामा करिव ४२ बर्षसम्म सत्ता रहेका तानाशाह मोहमर गद्दाफीलाई सन् २०११ मा जनआन्दोलनको बलमा सत्ताच्युत गरिएको थियो । गद्दाफीलाई पछि घर नजिकै लुकेर बसेको अवस्थामा मारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप