बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सरिफलाई मोदीको अर्को सरप्राइज

आइतबार, १० पुस २०७३, ०८ : ५२
आइतबार, १० पुस २०७३

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई जन्मदिनको बधाई दिएका छन् ।

दुई देशबीच सम्बन्ध बिग्रिएको अवस्थामा रहेको बेला मोदीले ट्वीट गर्दै सरिफलाई बधाई दिएका हुन् ।

‘पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई बधाई दिन चाहन्छु । उहाँको दिर्घायु र स्वस्थ जीवनको लागि प्राथना गर्दछु,’ मोदीले ट्वीटमा लेखेका छन् ।

सरिफ पाकिस्तानका २० औँ प्रधानमन्त्री हुन् । उनले सन् २०१३ मा पदभार ग्रहण गरेका हुन् ।

गत वर्ष पनि अफगानिस्तान भ्रमणबाट भारत फर्किने बेला मोदी आकस्मिक रुपमा पाकिस्तानको लाहोर पुगेका थिए ।

सरिफको जन्मदिनका दिन लाहोर पुगेर उनले बधाई दिएका थिए । त्यहाँ उनले केही घण्टा बिताएर भारत फर्किएका थिए ।

उनको भ्रमणको त्यतिबेला विपक्षीले व्यापक आलोचना गरेका थिए । भारत–पाक सम्बन्ध पछिल्लो समयकै चिसो अवस्थामा रहेको बेला मोदीको पछिल्लो ट्वीटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप