कन्टेनरहरु एकातिर फोहोर अर्कोतिर
प्यूठान – प्यूठानको मुख्य व्यापारीक केन्द्रमा रहेका बजारहरुमा कन्टेनरको प्रयोग नहुँदा दुर्गन्धित बन्दै गएको छ । बजारका केही ठाउँहरुमा राखिएका कन्टेनरहरु समेत अव्यवस्थित र प्रयोगविहिन अबस्थामा थन्किएका छन् ।
जिल्लाको प्रमुख बजारी केन्द्र मानिने विजुवार, खलंगा, बाग्दुला, नयाँबजार जुम्री लगायतका बजारहरुमा दिन प्रतिदिन दुर्गन्ध फैलिँदै गएको छ । नगरपालिकाले निश्चित फोहोर फाल्ने ठाउँको पहिचान नगरिदिएको हुंदा आफुहरुलाई समस्या भएको नयाँ बजार जुम्रीको फोहोर व्यवस्थापन समितिका अध्यक्ष राधा अधिकारीले बताइन् ।
‘गत साउन महिना तिर कन्टेनरहरु दिएको थियो र कुन कुन ठाउँमा राख्दा सवैलाई उचित हुन्छ भन्ने पनि पहिचान गरेका थियौँ,’ अध्यक्ष अधिकारीले भनिन् ‘कन्टेनर भरियो भने कुुन ठाउँमा लगेर त्यो फोहोर व्यवस्थापन गर्ने त ? हाम्रो तर्फबाट जग्गाको लागि पहल ग¥र्यौ तर कतै मिलेन त्यसैले कन्टेनर प्रयोगविहिन भएको छ ।’
यो समस्या नयाँ बजार जुम्रीको मात्र नभई प्यूठान नगरपालिका भित्रका मुख्य बजारी केन्द्र विजुवार, बाग्दुलामा पनि अवस्था यस्तै रहेका अधिकारीको भनाइ छ ।
जिल्लाको सरसफाइ अभियानमा टेवा दिनका लागि प्यूठान नगरपालिका संग समन्वय गरेर फुलवारी बचत तथा ऋण सहकारी संस्थाले २१ वटा कन्टेनरको लागि २७ हजार ३ सय उपलब्ध गराएको संस्थाले जनाएको छ ।
फोहोर व्यवस्थापन, वातावरण स्वच्छ राख्नका लागि गठित बजार व्यवस्थापन तथा खानेपानी सरसफाई समिति र नगरपालिकाले नाली सफा राख्नका लागि कुनै दिगो र उचित काम गर्न नसकेको स्थानीय उमाराम पौडेलले बताए । ‘नगरपालिकाले सहयोगी संस्थाबाट समन्वय गरेर लिएको कन्टेनरहरु समेत प्रयोग विहिन गराइ अस्तब्यस्त अवस्थामा छन्’,–पौडेलले भने । नगरपालिका बैठकमा पटक पटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको पौडेलको भनाई छ ।
बजारमा रहेको नाली सफा नहुँदा व्यापारीहरु नाक छोपेर व्यापार गर्न बाध्य भएका छन् ।
‘सरकारी पक्षले तदारुकता साथ काम गरेको छैन्’ स्थानिय कृष्ण घिमिरेले भने ‘स्थानीयहरु पनि सरसफाईमा चासो नदिनुले थप समस्या परेको छ ।’
नगरपालिका भित्रकाले फोहोर मैला उठाउने सहमती भएपनि बजारमा जम्मा भएको फोहोरमैला उठाएर पुनः व्यवस्थापन गर्ने ठाउँ नहुंदा उठाउन नसकेको स्थानीयहरुको भनाइ छ । सुन्दर वातावरण, स्वच्छ शहरका नारा घन्काउने नगरपालिकाले अव्यवस्थित शहरीकरणका कारण फोहोर मैला व्यवस्थापन गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।
फोहोर मैला ब्यबस्थापनका लागि ट्रयाक्टर खरिदका लागि मन्त्रालयले नै रोके पछि थप समस्या देखिएको प्यूठान नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु गुरुङले बताए । ‘बजार क्षेत्रको फोहोरमैला ब्यबस्थापन गर्न नगरपालिकाले बजेट अभावले थप समस्या परेको छ’ कार्यकारी अधिकृत गुरुङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण