राष्ट्रपति र प्रधानमन्त्रीबाट क्रिसमसको शुभकामना : समृद्ध नेपाल बनाउन सबैलाई प्रेरणा प्राप्त होस्
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छिन् ।
उहाँले आज दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
“क्रिसमस मनाउन जसरी हामी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै यस पर्वले समुन्नत नेपाल निर्माणका लागि प्रेरणा प्राप्त होस्,” उनले भनेकी छिन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छिन् – “धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुबाट सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर जुटाई सामाजिक एकता, सद्भाव एवम् धार्मिक सहिष्णुता कायम राख्न महत्वपूर्ण योगदान हँुदैआएको छ । यस्ता चाडपर्वको अवसरमा कायम हुने एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।”
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।
सन्देशमा भनिएको छ – “यस अवसरमा सरकार सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहेको तथ्य स्मरण गर्न चाहन्छु ।”
संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु र हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु राष्ट्रिय आवश्यकता भएकामा प्रधानमन्त्रीले जोड दिएका छन् ।
सरकार संवाद र सहमतिका आधारमा उल्लिखित लक्ष्य हासिल गर्न क्रियाशील रहेको जनाउँदै सन्देशमा प्रधानमन्त्री दाहालले यस अवसरमा सम्पूर्ण ख्रीष्टियन समुदायसँग राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न अपिल गरे ।
सन्देशमा भनिएको छ – हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । रासस यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
सबै चाडपर्व मिलेर मनाउँदा राष्ट्रिय एकतालाई बलियो हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले सबै जातजाति, भाषाभाषी, संस्कृति र भिन्न भिन्न धर्मावलम्बीहरुबीचको आपसी सद्भावबाट नै मुलुकको प्रगति हुने विश्वास उहाँले प्रकट गरेका छन् ।
आजै दिएको शुभकामना सन्देशमा उहाँले क्रिसमसले सबैमा भ्रातृत्वको भावना पैदा गर्ने प्रेरणा दिन सकोस् भन्ने कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण