मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
आइतबार, १० पुस २०७३, ०९ : ५९
कैलाली - कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
राति करिब १२ बजेको समयमा गोदावरी तर्फबाट तीव्र गतिमा आएको से४प ५४०९ नं को मोटरसाइकल अत्तरिया चौराहामा रहेको पार्कको रेलिङमा ठोक्किएपछि चालक कञ्चनपुर कृष्णनगरपालिका–२ बस्ने २२ वर्षीय सुरेश भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकलको सन्तुलन गुमाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भट्टको सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण