पूर्वसभासद् सायमीको निधन
सोमबार, ११ पुस २०७३, ०८ : १५
काठमाडौँ - नेपाः पार्टीका नेता तथा पूर्वसभासद् बुद्ध सायमीको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।
गत सोमबार अचानक बेहोस भई ढलेपछि उनलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार साँझबाट उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिराखिएकामा आज निधन भएको हो । उनमा कलेजो, मिर्गौला र मधुमेहको समस्या रहेको थियो । उनका एक छोरा र एक छोरी रहेका छन् ।
नेपाल भाषामा विद्रोही धारका कविसमेत रहनु भएका सायमी विसं २०६४ को संविधानसभामा नेपाः पार्टीबाट सभासद् थिए । नेवाः देय् गु संस्थाको अध्यक्षसमेत थिए । विसं २०२० मा नेपाल भाषामा कविता लेख्न सुरु गरेका उनका नेपाल भाषाका दुई कविता सङ्ग्रहसहित चार कृति प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण