बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भारोत्तोलनतर्फ चौधरीको नयाँ राष्ट्रिय कीर्तिमान

सोमबार, ११ पुस २०७३, ०८ : १८
सोमबार, ११ पुस २०७३
लहान - नेपाल प्रहरीकी भारोत्तोलन खेलाडी देवी चौधरीले यसअघिको आफ्नो राष्ट्रिय कृतिमानमा तोड्दै नयाँ कृतिमान कायम गरेकी छिन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा जारी भारोत्तोलन प्रतियोगितामा आज साँझ महिलातर्फ ५३ केजी तौल समूहमा ६० केजीको तौल उचालेर चौधरीले राष्ट्रिय कृतिमान रचेकी हुन् । यसअघि चौधरीले नै ५८ केजी तौलको राष्ट्रिय कृतिमान रचेकी थिइन् । यस्तै भारोत्तोलनकै पुरुष ५६ केजी तौल समूहमा पूर्वाञ्चलका मनोज यादवले स्वर्ण हात पारे भने नेपाली सेनाका तुलानाथ महतो रजत तथा सुदूरपश्चिमाञ्चलका रवीलाल चौधरीले कास्य पदक हात पारेका छन् । यसैगरी पुरुष ६२ केजी तौल समूहमा नेपाल प्रहरीका विकास थापाले स्वर्ण, नेपाली सेनाका जीवन तामाङले रजत र पश्चिमाञ्चल विकास क्षेत्रका धनबहादुर झाँक्रीले कास्य पदक प्राप्त गरेको भारोत्तोलन सङ्घका केन्द्रीय सचिव तिलकबहादुर राउतले जानकारी दिए । त्यसैगरी महिला ४८ केजी तौल समूहमा नेपाली सेनाकी मनिषा रानाभाट स्वर्ण, पूर्वाञ्चलकी मनिषा चौधरीले रजत तथा सुदूरपश्चिमाञ्चलकी कञ्चन चौधरीले कास्य पदक जितेकी छिन् । जिल्ला खेलकुद विकास समितिको कर्भडहलमा जारी प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ क्लबका गरी १२३ खेलाडी प्रतिस्पर्धामा छन् । १५ स्वर्ण पदकका लागि हुने प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ आठ गरी १५ तौल समूहमा प्रतिस्पर्धा भइरहेको भारत्तोलन सङ्घका केन्द्रीय सचिव राउतले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले सो प्रतियोगिताको आज उदघाट्न गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप