‘लास्ट क्रिसमस’ का गायक जर्ज माइकलको क्रिसमसमा निधन
लण्डन – पप गायक जर्ज माइकलको ५३ वर्षको उमेरमा निधन भएको छ । माइकलका प्रचार प्रमुखले क्रिसमसका दौरान घरमा निधन भएको जनाएका छन् ।
१९८० को दशक तिर ‘वाह्म’ नामक ब्याण्डबाट आफ्नो करियरको शुरुवात गरेका माइकलपछि गएर एकल गायकका रुपमा सफल बने । हृदयघातका कारण उनको आफ्नो अक्सफोर्डसायरस्थिति घरमा उनको निधन भएको बताइएको छ ।
थेम्स भ्याली प्रहरीले उनको मृत्युमाथि अनुसन्धान भइरहेको बताए पनि हालसम्म शंकास्पद विषय फेला नपरेको बताएका छन् ।
वाह्म ब्याण्डका पूर्व सदस्य एन्ड्रयु रिज्लीले ट्वीटरमा लेख्दै माइकलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
माइकलको जन्म उत्तर लण्डनमा भएको थियो । उनको वास्ताविक नाम जर्जिअ काइरिआकोस पानायिओटो हो । ४ दशक लामो करियरमा उनले १० करोड प्रतिभन्दा बढी एल्बम बिक्री गरेका छन् ।
स्कूलका साथी रिज्लीसँग मिरेर ह्वाम ब्याण्डबाट उनी चर्चामा आए । त्यसपछि उनले एकल करियर शुरु गरे । सन् १९८७ को उनको फेथ एल्बम निकै सफल बन्यो । लिसन विथआउट प्रिजुडिस भोलुम १ पनि निके सफल बन्यो ।
उनी गायको साथै लेखक तथा संगीत निर्माता पनि थिए । लास्ट क्रिसमस, केयर लेस विस्पर, फ्रिडम ९० जस्ता गीतहरु कालजयी मानिन्छन् ।
विवादमा पनि माइकल गलत कारणका लागि पनि चर्चामा रहे । सन् २००६ को अक्टोबरमा उनी ड्रग्स लिएर गाडी चलाएको अरोपमा दोषी ठहरिए । त्यसपछि सन् २००८ मा उी क्लास ए ड्रग फेला पर्यो ।
सन् २०१० मा आफ्नो रेन्ज रोभर गाडी पसलमा दुर्घटना गराएको आरोपमा ८ हप्ता जेल सजाय सुनाइयो ।
सन् १९९८ मा आफू समलिंगी भएको घोषणा गरेका थिए । त्यतिबेला उनी क्यालिफोर्नियाँको बेभर्ली हिल्समा रहेको एक सार्वजनिक शौचालयमा यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।
सन् २०११ मा उनीलाई निमोनिया भएको कारण धेरै कन्सर्टहरु रद्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण