बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

परिवर्तन उल्टाउने कोशिस हुँदैछ : प्रधानमन्त्री

सोमबार, ११ पुस २०७३, ०८ : ५८
सोमबार, ११ पुस २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन उल्टाउने कोशिस भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । माओवादीका नेता तथा सांसद् भक्तिप्रसाद पाण्डेको जीवनयात्रा -पुस्तक'चाचा' विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी शक्ति फुट्दा र परिवर्तन पक्षधर शक्ति कमजोर बन्दा परिवर्तन उल्टाउने कोशिस भइरहेको बताएका हुन् । प्रधानमन्त्रीले भने, – बलियो नेतृत्व नहुने हो भने अराजकता फैलिने खतरा बढेको छ । – तर, देश अब २०४६ सालतिर फर्किँदैन । – परिवर्तनलाई संस्थागत गर्न सबै माओवादी शक्ति तथा परिवर्तन पक्षधर शक्ति एक ठाउँ उभिनुपर्छ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले भने, – सबै परिवर्तन पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ तर, विचार र आर्थिक समृद्धिको आधारमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप