बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चेल्सीको किर्तिमानी लगातार १२ औँ जीत, शीर्ष स्थानमा ७ अंकको अग्रता

मङ्गलबार, १२ पुस २०७३, ०७ : ५६
मङ्गलबार, १२ पुस २०७३
लण्डन – चेल्सीले बोर्नेमाउथलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रिमियर लिगको शिर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । योसँगै लगातार १२ खेल जित्दै चेल्सीले क्लबका लागि नयाँ किर्तिमान बनाएको छ । खेलको पहिलो हाफमा सिसेक फाब्रिगासको पासमा पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा शुरुवातमा पेनाल्टीमार्फत एडिन हजार्डले अग्रता दोब्बर बनाए । योसँगै उनले चेल्सीका लागि लिगमा ५० गोल पूरा गरेका छन् । उनी यो उपलब्धि पूरा गर्ने चेल्सीका लागि छैटौँ खेलाडी हुन् । मुख्य खेलाडी डिएगो कोस्टा र एनगोलो कान्टे बिना नै मैदानमा उत्रिएको चेल्सीका लागि बोर्नेमाउथका स्टिभ कुकले इन्जुरी समयमा आत्मघाती गोल गरे । योसँगै चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टो प्रिमियर लिगको आफ्नो पहिलो १८ खेलमध्ये १५ खेल जित्ने पहिलो प्रशिक्षक बनेका छन् । मंगलबार लिभरपुलले स्टोकलाई हराए भने चेल्सीको अग्रता ६ अंकमा झर्नेछ । उता, ओलिभर जिरुले खेलको अन्त्यतिर निर्णयक गोल गरे पनि आर्सनलले वेस्ट ब्रोमलाई पराजित गरेको छ । यसअघि लगातार दुई खेलमा पराजित भएको अर्सानलले हारको श्रृंखला अन्त्य गरेको छ । मेसुट ओजिलको पासमा जिरुले खेलको ८६ औँ मिनेटमा गोल गरे । यो सिजन खेलमा शुरुवात गरेको उनले यो पहिलो अवसर थियो । आर्सनलले खेल मा ८० प्रतिशत बल नियन्त्रणमा राखे पनि वेस्ट ब्रोमको गोलकिपरलाई छल्याउन सकेका थिएनन् । आर्सनलले २६ पटक विपक्षीको पोष्टमा प्रहार गरेको थियो । १८ खेलपछि ३७ अंकसहित आर्सनल चौँथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप