तपाईंको पनि हात काँप्छ ? यी ७ स्वास्थ्य समस्याको संकेत
मङ्गलबार, १२ पुस २०७३, १२ : ४८
कहिलेकाँही धेरैबेर काम गर्दा वा धेरै रिसाउादा तपाईंको हात काँप्न सक्छ । तर यदि यो समस्या लामो समयसम्म रहिरह्यो भने यो कुनै स्वास्थ्य समस्याको संकेत हुनसक्छ । यदि यो समस्या धेरै बढ्यो भने यसको उपचार गर्न आवश्यक छ । डाक्टर मनिष जैनले हात काँप्नु कुन रोगको संकेत हुन् भन्ने जानकारी दिएका छन् ।
उच्च रक्तचापः
उच्च रक्तचापको समस्या हुँदा शरिरको रक्तसंचार बढ्ने गर्दछ । यस्तो अवस्थामा हात काँप्ने गर्दछ ।
रगतमा चीनिको मात्रामा कमी हुनुः
रगतमा चीनिको मात्रा कम हुँदा तनाव बढ्न थाल्छ । यस्तो अवस्थामा पनि तपाईंको हात काँप्न थाल्छ ।
भिटामिन बी१२ को कमीः
भिटामिन बी१२ को कमीका कारण शरिर कमजोर हुने गर्दछ । यस्तो अवस्थामा पनि हात काँप्न थाल्छ ।
रक्तअल्पत्ताः
रक्तअल्पत्ताको समस्या हुँदा शरिरमा रगतको कमी हुने गर्दछ । यस्तोमा कमजोरी हुने गर्दछ र हात काँप्न थाल्छ ।
स्ट्रोकः
स्ट्रोकको समस्या हुँदा शरिरमा रक्तसंचार सहि तरिकाले हुन पाउँदैन । यस्तो अवस्थामा हात काँप्न थाल्छ ।
तनावः
शरिरमा कार्टिसोल हर्मोनको स्तर बढ्दा तनाव बढ्ने गर्दछ । यसले रक्तसंचार बिग्रने गर्दछ र हात काँप्न थाल्छ ।
ट्रेमरः
जब दिमागमा पाइने न्यूरोट्रान्समीटर केमिकल लिक हुन थाल्छ तब हात काँप्ने समस्या हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण