बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चेल्सीलाई पछ्याउँदै लिभरपुल दोस्रो स्थानमा

बुधबार, १३ पुस २०७३, ०८ : ४६
बुधबार, १३ पुस २०७३
लिभरपुल – स्टोक सिटीलाई पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा रहेको चेल्सीसँगको दुरी ६ अंकमा घटाएको छ । जितसँगै लिभरपुल म्यान्चेस्टर सिटीलाई उछिन्दै लिगको दोस्रो स्थानमा उक्लेको हो । मंगलबार राती भएको खेलमा लिभरपुलले शुरुवात भने राम्रो भएन । फेरि पनि डिफेन्सको कमजोरीको फाइदा उठाउँदै स्टोकमा जोन वाल्टर्सले स्टोकलाई खेलको १२ औँ मिनेटमा नै अग्रता दिलाए । तर, त्यसपछि सुधारिएको खेल प्रदर्शन गर्दै लिभरपुलका लागि एडम ललानाले ३४ औँ मिनेटमा बराबरी गोल फर्काए । यस सिजन एनफिल्डमा भएको ७ खेलमा गरिएको ८ गोलमा ललाना संलग्न छन् । उनले ४ गोल तथा ४ एसिस्ट गरेका छन् । त्यसको १० मिनेट पछि रोबर्टो फर्मिन्होले लिभरपुललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा स्टोकका गिबनेली इम्बुवाले डिभोक ओरिजीको क्रसलाई आफ्नो पोष्टमा छिराउँदै आत्मघाती गोल गरे । यस सिजन गोलको खडेरी लागेका ड्यानिल स्टरिजले खेलका ७० औँ मिनेटमा अर्को गोल थपे । यो सिजन उनको पहिलो लिग गोल हो । दोस्रो हाफमा सब्सिटच्युडका रुपमा मैदान छिरेका स्टरिजले ५६ सेकेण्डमा नै गोल गरेका थिए । प्रिमियर लिगको इतिहासमा सब्सिटच्युडले गरेको यो चौँथो चाँडो गोल हो । जर्गन क्लपको नेतृत्वमा लिभरपुलले गरेको यो १ सयौँ गोल पनि थियो । १८ खेलपछि लिभरपुलको ४० अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप