सङ्घीय संरचनाअनुसार कर्मचारी समायोजन गर्न ऐन ल्याउँदै
आइतबार, ०२ माघ २०७३, १७ : ५१
काठमाडौँ - सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनाअनुसार निजामती कर्मचारीलाई व्यवस्थापन गर्नका लागि ‘कर्मचारी समायोजन ऐन’ ल्याउने तयारी गरेको छ ।
अहिले भएका कर्मचारीलाई सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि ऐन ल्याउन थालिएको मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी गराए।
उहाँका अनुसार ऐन ल्याउनका लागि परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । ऐनमा अहिले रहेका कर्मचारी तीनै तहमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । “ऐन बनेपछि सङ्घीय संरचनाअनुसार कर्मचारीलाई सरुवा गरिन्छ”– उनले भने, “समायोजनमा कार्यालय सहायकदेखि सचिवसम्मलाई सरुवा गर्ने व्यवस्था गर्न थालिएको छ ।”
मन्त्रालयले तीनै तहमा कति कर्मचारी आवश्यक रहन्छ भनी नमुना सङ्कलन गरी कर्मचारीको समायोजन गर्ने सहसचिवसमेत रहेका न्यौपानेले जानकारी गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण