बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरण गरिँदै
चितवन - चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा यो वर्ष पनि गैँडा स्थानान्तरण गरिने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले कोसीटप्पुबाट अर्ना ल्याउने काम सकिनेबित्तिकै गैँंडा स्थानान्तरणको प्रक्रिया सुरु गरिने बताए ।
अघिल्लो वर्ष चितवन निकुञ्जबाट पाँचवटा गैँंडा बर्दिया पठाइएको थियो । दुईवटा बच्चासमेत जन्मिएको र राम्रो देखिएकाले यो वर्ष अर्को महिनातिर गैँडा बर्दिया र शुक्लाफाँटामा पठाउने उनको भनाइ छ ।
तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैँंडा स्थानान्तरण गरिने २०७१ सालको सरकारको निर्णय रहेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
यो वर्ष कम्तीमा १० वटा पु¥याउने लक्ष्य रहेको वन्यजन्तु विभागले जनाएको छ । अघिल्लो वर्ष फागुन तेस्रो साता यहाँबाट पाँच गैँंडा बर्दियामा स्थानान्तरण गरिएको थियो ।
यसअघि पटकपटक गरेर निकुञ्जमा ८३ वटा गैँंडा पठाइएको भए पनि अधिकांश चोरी सिकारबाट मारिएका थिए ।
नेपालमा रहेका ६४५ गँैंडामध्ये चितवनमा मात्रै ६०० छ भने बर्दियामा ३४ वटा, शुक्लफाँटामा आठवटा र पर्सा तीनवटा गैँंडा छन् ।
यस्तै चीनमा लैजान लागिएको गैंँडाको विषयमा समेत दुई देशका अधिकारीबीच छलफल भएको महानिर्देशक खड्काले बताए ।
‘उपमन्त्रीसहितको पाँचजनाको टोली आएर वातावरण हेरेर जानुभयो, चाइनामा उपयुक्त छ कि छैन, बाँच्छकी बाँच्दैन भनेर अवलोकन गरेर गइसकेको र निकट भविष्यमै नेपाली टोली जाँदै छ’ खड्काले भने ।
नेपाली टोलीको अध्ययन प्रतिबेदनअनुसार दुई जोडी गैँंडा पठाइने खड्काले बताए । माघ र फागुन महिनामा गैँडा स्थानान्तरणको उपयुक्त समयमा मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण