विवादले राप्रपा जुम्लाको अधिवेशन लम्बियो
शुक्रबार, २८ माघ २०७३, १० : ३२
जुम्ला - यही माघ २५ गतेदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको पदाधिकारी विवादले जिल्ला अधिवेशन लम्बिएको छ ।
अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले जानकारी दिए ।
राप्रपाको पहिलो एकता अधिवेशनले माघ २५ गतेदेखि सहमतिका लागि गरेको प्रयासमा पदाधिकारी चयन गर्न नसकेपछि आजसम्मका लागि अधिवेशन लम्बिएको प्रवक्ता देवकोटाले बताए ।
उनका अनुसार आज बिहान ११ बजेसम्म पदको टुङ्गो लगाउने र त्यसपछि मात्र सबै पदाधिकारीको सूची सार्वजनिक गरिनेछ । समावेशी जिल्ला कार्यसमितिसहित मनोनीत र अन्य सदस्य चयनका लागि अहिले पनि छलफल प्रक्रिया जारी रहेको राप्रपा जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण