लालीघाट–विमानस्थल सडक सम्पन्न गर्न माग गर्दै ज्ञापनपत्र
काठमाडौँ - कालीकोट जिल्लाको लालीघाटदेखि विमानस्थल सम्मको बाटो तत्काल सम्पन्न गर्न माग गर्दैै कालीकोटवासीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकसमक्ष विहिबार ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले माघ २९ गतेदेखि विमानस्थलमा जहाज सञ्चालन हुन लागेको र विमानस्थलबाट लालीघाटसम्म जाने मोटरबाटो नभएको भन्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरेका हुन् ।
यस्तै, कालीकोटका ३० वटै गाविसमा मोटरबाटो पु¥याउनुपर्ने, दैलेख–कालीकोट–जाजरकोट मोटरबाटोलाई उच्च प्राथमिकता दिनुपर्ने, कालीकोट जिल्लाका खोलामा पक्की पुल निर्माण गर्नुपर्ने माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले कर्णालीको विकास निर्माणका लागि उच्च प्राथमिकता दिएको बताउँदै उनले सो सडक निर्माणका लागि सडक विभागलाई तत्काल निर्देशनसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण