लिम्बु गीत संगीतले गुन्जियो नाचघर
काठमाडौं - राजधानीको संस्कृतिक संस्थान अर्थात नाचघर बिहिबार लिम्बु संस्कृतिमय भयो । लिम्बु कलाकारले नृत्य, गायन र बाद्यबादन प्रस्तुत गरेको ‘वेश्मा लाङ्योक’ कार्यक्रम लिम्बु समुदायको संस्था ‘हिलिहाङ हाक्पारे पालाम सयङ’ले आयोजना गरेको थियो ।
अग्रज संस्कृतिबिद् सत्यमोहन जोशीले च्याबुङ बजाएर उद्घाटन गरेको कार्यक्रममा लिम्बु भाषाको पहिलो गीत रेकर्ड गराउने अग्रज गायक भगत सुब्बा, गायक एवं गीतकार प्राज्ञ अशोक लोहरुङ राईलाई सम्मान गरियो ।
लिम्बु संस्कृतिबारे जानकारी गराउँन काठमाडौंमा मौलिक लिम्बु संस्कृतिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा यासेली योङहाङ, बिष्णु सिंगक, श्रेयसी चेम्जोङ, कुशल थलङ, दिपक लिम्बु, सञ्जय तुम्रुक, मोहन मादे, सञ्जय, मोहन, दिपा, सुसन, अमृता लगायतले आ आफ्नो प्रस्तुति दिए ।
– कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यमोहन जोशीले पूर्वी नेपालमा पहिचान लिम्बु सँस्कृति रहेको बताए ।
– साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपाली संस्कृतिको जगेर्ना गर्नु नै संस्थानको उदेश्य रहेको जानकारी दिए ।
– ‘हिलिहाङ हाक्पारे पालाम सयङ’का अध्यक्ष प्रदीप योङहाङले लिम्बु मौलिक गीत, सँगीत नृत्यको संरक्षण र प्रवर्धनमा आफुहरुले काम गर्दै आएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण