बिर्सेर पनि दोस्रो पटक तताउन नहुने यी ८ खानेकुरा, स्वास्थ्यका लागि घातक
साधारणतया खानालाई तताएर नै खाने चलन छ । तर यस्ता थुप्रै खाना छन् जसलाई दोस्रो पटक तताएर खानुहुँदैन । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।
विशेषज्ञको भनाई अनुसार एकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । क्यान्सर स्पेशलिष्ट डा. एन. गणेशका अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक समस्या पैदा हुन सक्छ ।
भातः
भात पकाउँदा बेसिलस सेरियम ब्याक्टेरिया पैदा हुने गर्दछ ।
के हुन्छ ?
भातलाई दोस्रो पटक तताउँदा यसमा हुने ब्याक्टेरियाको संख्या दुई गुणा बढ्ने गर्दछ जसका कारण झाडा लाग्नसक्छ ।
आलूः
आलू उसिनेर चिसो हुने क्रममा यसमा बोटुलिज्म ब्याक्टेरिया जम्मा हुन थाल्छ ।
के हुन्छ?
दोस्रो पटक तताएर खाँदा उक्त ब्याक्टेरियाको संख्या बढ्छ जसले फुड प्वाइजनिङ हुनसक्छ ।
चियाः
यसमा टोनिक एसिड हुन्छ जसले शरिरमा टक्सिन बन्न थाल्छ ।
के हुन्छ ?
दोस्रो पटक तताएर पिउँदो एसिडको मात्रा बढ्छ जसले कलेजोमा समस्या निम्त्याउन सक्छ ।
पालुङ्गोः
यसमा नाइट्रेट्सको मात्रा अत्यधिक हुन्छ ।
के हुन्छ ?
दोस्रो पटक तताएर खाँदा नाइट्रेट कार्सिनोजेनिकमा परिवर्तन हुन्छ जसले टक्सिन पैदा गर्दछ ।
खाने तेलः
यसमा एल्डिहाइड्स हुन्छ ।
के हुन्छ ?
दोस्रो पटक तताउँदा तेलमा टक्सिन पैदा हुन्छ जसले क्यान्सरको सम्भावना बढ्ने गर्दछ ।
चिकनः
यसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ ।
के हुन्छ ?
यसलाई दोस्रोपटक तताउँदा प्रोटिनको संरचनामा परिवर्तन आउँछ जसले पाचनमा समस्या निम्त्याउँछ ।
अण्डाः
यसमा प्रोटिन र एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ ।
के हुन्छ ?
दोस्रो पटक तताएर खाँदा टक्सिन पैदा हुने गर्दछ जसले पाचन क्रियामा गडबडी निम्त्याउँछ ।
च्याउः
यसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ ।
के हुन्छ ?
दोस्रोपटक तताएर खाँदा प्रोटिनको संरचनामा परिवर्तन आउने गर्दछ । यो खाँदा पाचन क्रियामा गडबडी निम्तिने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण