चुनढुङ्गा उत्खनन्का लागि बन क्षेत्र प्रयोग गर्न दिने मन्त्रीपरिषदको निर्णय
मङ्गलबार, ०३ फागुन २०७३, २० : २१
काठमाडौ, नेपाल सरकार मन्त्रीपरिषदको साँझ बसेको नियमित बैठकले चुनढुङ्गा उत्खनन्का लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न उक्त बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन बार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै, भूमिसुधार मन्त्रालय अन्तर्गत व्यवस्थित बसोबास आयोगको गठन प्रक्रियालाई स्वीकृति दिने, आयोजनाहरु सञ्चालनका लागि अवरोध हुने रुख काट्नका लागि स्वीकृति दिने, नदाह कोशी पुल, चतरा रुपनगर सडकको स्तरोन्नतिका लागि थप बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
बैठकले चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रक्रियालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रि परिषद बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण