पूर्वा धार विकासका लगि सार्वजनिक निजी साझेदारीमा अघि बढाइने
बुधबार, ०४ फागुन २०७३, १८ : ०९
काठमाडौँ, सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका कार्यक्रम अघि बढाउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल अघि बढाउने भएको छ ।
नेपाल उद्योग परिसङ्घले छनोट गरेका १० पूर्वाधार विकासका सोचकर्तासँग आज समिति बैठकमा भएको छलफलपछि समितिले यस्तो निर्णय गरेको हो । पूर्वाधार विकासमा छुट्टै अधिकार सम्पन्न प्राधिकरण आवश्यक छ वा छैन भन्ने विषयमा निजी क्षेत्रसँग पनि छलफल गरिने समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
‘सोचकर्ताले समितिमा प्रस्तुत गर्नुभएका सोच जुन मन्त्रालयसँग सम्बन्धित छ, त्यहाँ पठाइन्छ, त्यस विषयमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सोचसँग सम्बन्धित मन्त्रालयसँग छलफल गरी कार्यान्वयनको प्रक्रियामा अघि बढाइनेछ’– उनले भने ।
बैठकमा परिसङ्घका विष्णु अग्रवाल, आइडिया स्टुडियोका अध्यक्ष डा छिरिङ लामा, सोच प्रस्तुतकर्ता गौरीशङ्कर राजवंशीले सार्वजनिक साझेदारीमा काम गर्न आफ्ना सोच अघि सारेका थिए ।
यी सोच परिसङ्घले फागुन ८ र ९ गते राजधानीमा आयोजना गर्ने दोस्रो पूर्वाधार विकास सम्मेलनमा प्रस्तुत गरिने सो अवसरमा जानकारी गराइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण