सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

धनगढीमा ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष स्थापना

बिहीबार, ०५ फागुन २०७३, १० : ०७
बिहीबार, ०५ फागुन २०७३
धनगढी - सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा ५० हजारको अक्षयकोष खडा गरेका छन् । विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत ६७ वर्षीय ज्येष्ठ विद्यार्थी जोशीले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष खडा गरिएको जानकारी दिए । जोशी ११ कक्षादेखि नै सोही क्याम्पसमा अध्यययनरत छन् । उनी हाल मानविकी सङ्कायतर्फ स्नातक तह दोस्रो वर्षमा अध्यययनरत छन् । पढाइलाई उमेरले नछेक्ने उदाहरण दिएका जोशीले बूढेसकालको समयमा भए पनि डिग्री सम्मको अध्ययन पूरा गरेरै छाड्ने सोचमा छन् । क्याम्पसमा उनलाई ‘बाजे‘ भनेर अधिकांशले सम्बोधन गर्छन् । जोशीले स्थापना गरेको अक्षयकोषबाट यस वर्ष स्नातक तह तृतीय वर्षमा अध्ययनरत छात्र महेश नेपालीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप