धनगढीमा ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष स्थापना
बिहीबार, ०५ फागुन २०७३, १० : ०७
धनगढी - सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा ५० हजारको अक्षयकोष खडा गरेका छन् ।
विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत ६७ वर्षीय ज्येष्ठ विद्यार्थी जोशीले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष खडा गरिएको जानकारी दिए । जोशी ११ कक्षादेखि नै सोही क्याम्पसमा अध्यययनरत छन् । उनी हाल मानविकी सङ्कायतर्फ स्नातक तह दोस्रो वर्षमा अध्यययनरत छन् ।
पढाइलाई उमेरले नछेक्ने उदाहरण दिएका जोशीले बूढेसकालको समयमा भए पनि डिग्री सम्मको अध्ययन पूरा गरेरै छाड्ने सोचमा छन् । क्याम्पसमा उनलाई ‘बाजे‘ भनेर अधिकांशले सम्बोधन गर्छन् । जोशीले स्थापना गरेको अक्षयकोषबाट यस वर्ष स्नातक तह तृतीय वर्षमा अध्ययनरत छात्र महेश नेपालीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण