एउटा यस्तो रेष्टुरेन्ट जहाँ आगन्तुकलाई दिइन्छ जिउँदो सर्पको रगत, मुटुको अत्यधिक माग
युरोपको फेसन जगतमा सर्पको छालाको बढ्दो मागका कारण दक्षिण पूर्वी एशियामा अजिंगरको प्रजातीमा पनि खतरा छाएको छ । उनीहरुको संख्या तीब्र रुपमा घटिरहेको छ किनभने यसको सुन्दर छालाको माग युरेपेली फेसन जगतमा बढिरहेका कारण यसको तस्करी गरेर उनीहरुलाई मारिँदै छ । ‘इन्टरनेशनल ट्रेड सेन्टर’ को एक रिपोर्टमा भनिएको छ, ‘दक्षिण पूर्वी एसिया सर्पको छाला, त्यसको मासु र परम्परागत औषधी बनाउनका लागि मारिन्छ । यसै सिलसिलामा आज हामी तपाईंलाई भियतनामको एउटा यस्तो रेष्टुरेन्टको बारेमा जानकारी दिँदै छौं ।
– यो घटना भियतनामको राजधानी हनोईको हो । यहाँका थुप्रै रेष्टुरेन्ट सर्पको मासुका लागि चर्चित छ ।
– थाहा पाउँदा अचम्म लाग्ला कि यहाँ सर्पको मुटुको पनि ठूलो माग छ । यो रेष्टुरेन्टको महँगो रेसिपीमध्येको एक हो ।
– सर्पको मासु र रगत पिउँदा पुरुषत्व बढ्छ भन्ने त्यहाँका स्थानीयको धारणा छ । जसका कारण यहाँ अजिंगरदेखि विषालु कोब्राको मासु निकै सजिलै पाइन्छ ।
– यसका साथै रेष्टुरेन्टमा आगन्तुकलाई सर्पको मासुदेखि रगतसम्म दिइन्छ । रगत निकाल्ने बेला सर्पलाई जिउँदो राखिन्छ । टाउको काट्नेबित्तिकै सर्पको रगत पिउनुपर्छ ।
– यतिमात्र होइन, आगन्तुकले आफूलाई मनपरेको जिउँदो सर्प पनि छान्न सक्छन् । उनीहरुको सर्पको रगत पिएपछि त्यसको मासुको स्वाद पनि लिन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण