भरतपुर बन्यो महानगरपालिका
शुक्रबार, २७ फागुन २०७३, १९ : ४७
चितवन – भरतपुर उपमहानगरपालिका चित्रवन र नारायणी नगरपालिका एवम् कविलास गाविस मिलाएर आजदेखि भरतपुर महानगरपालिका बनेको छ ।काठमाडौँपछि ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बनेका हुन् ।
भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालका अनुसार आज उपमहानगरपालिका र वडाहरुमा महानगरपालिकाका सूचनापाटी राखिएको छ भने आइतबारदेखि महानगरपालिकाका ‘लेटरप्याड’ र ‘स्ट्याम्प’ चल्ने बताएका छन् ।भमपामा २९ वडा रहनेछन् । यसअघि उपमहानगरपालिकामा पनि २९ वटै वडा थिए । नगरपालिका र गाविस समायोजन गरेर वडाको सङ्ख्या नबढाइएको कार्यकारी अधिकृत बरालले बताए ।
भमपाभित्र जिल्लाका अधिकांश सरकारी कार्यालय पर्छन् । जिल्लास्थित भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि यसैमा पर्छन् । त्यसै गरी दुई ठूला मेडिकल कलेज र कृषि तथा वन विज्ञान विश्वविद्यालय जस्ता राष्ट्रिय महत्व बोकेका शिक्षण संस्था पनि रहेका छन् ।
महानगरपालिका बनेसँगै भरतपुरवासीमा खुसी छाएको छ । भमपाले आज साँझ घर घरमा दीप प्रज्वलन गरी खुसियाली मनाउन आग्रह गरेको छ । तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख देवी ज्ञवालीले समयको आवश्यकतानुसार चितवनको विकास र समृद्धिका लागि महानगरपालिका बनेको बताउँदै राष्ट्रमा चितवनलाई चिनाउन भमपा सार्थक हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
-
एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण