सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जब आकाशबाट झर्न थाले काटिएको मानव शरिर, मानिसहरुमा कोलाहल

सोमबार, ३० फागुन २०७३, १५ : ३४
सोमबार, ३० फागुन २०७३

निकै व्यस्त सडकमा आकाशबाट काटिएको मानव शरिर झर्न थालेपछि मानिसहरु भयभित भएका छन् ।

लगभग तीन वर्ष अगाडि सन् २०१४ को जनवरी महिनामा साउदी अरेबियाको जेदाहस्थित मुस्रेफामा एकाएक मानव अंग वर्षिएपछि मानिसहरुमा कोलाहलको स्थिती पैदा भएको थियो ।  पुलिसले उक्त शरिर प्लेनको ह्विल बेमा फसेका मानिसको शरिर हुनसक्ने अनुमान गरेको थियो ।

मेट्रो डट कमका अनुसार मानव शरिरको निकै डरलाग्दो काटिएको अंग अरेबी मिडिया र सोसल साइटमा लिक भएका थिए ।

एक रिपोर्टका अनुसार गरिब देशका मानिसहरु अर्को मुलुकमा जानका लागि विमानको ल्यान्डिङ गियरमा गएर लुक्ने गर्दछन् जो निश्चित उचाई पछि मृत्युको मुखमा पुग्ने गर्दछन् ।

पुलिसले कुनै विमानमा पनि यस्तै भएको हुनसक्ने अनुमान गर्दै कोही मानिस ल्यान्डिङ गियरमा गएको र जब विमान आकाशमा उड्न थाल्यो तब उनको शवको टुक्रा शहरमा खसेको हुनसक्ने अनुमान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप