सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यो आइफोन होइन, विवाहको कार्ड हो

शुक्रबार, ११ चैत २०७३, १७ : ०६
शुक्रबार, ११ चैत २०७३

एजेन्सी

चैत ११ – विवाहले हरेक मानिसको जीवनमा एक महत्वपूर्ण स्थान ओगटेको हुन्छ । कोहीले आफ्नो विवाह निकै धुमधामसँग गर्छन् भने कसैलाई साधारण तरिका मनपर्छ । त्यसमाथि केही व्यक्ति यस्ता हुन्छन् कि जसलाई थोरै रचनात्मक हुन मनपर्छ । यसै सिलसिलामा यहाँ दिल्लीका सुरेश र विद्या प्रियंकाको कुरा गरिँदै छ ।

उनीहरुले आफ्नो विवाहलाई भिन्न बनाउनका लागि जे गरे, सायदै त्यो अहिलेसम्म कसैले गरेका छैनन् ।

२२ दिन अघि अर्थात् मार्च २ तारिखमा बाँधिए विवाह बन्धनमाः

दुबै मार्च २ तारिखमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुको विवाह आमा–बुवाले तय गरेका थिए । तर दुबैजना विवाह पूर्व नै नजिकिए । करिब एक वर्ष पहिले उनका आमाबुवालाई उनलाई चेन्नईमा भेटाइदिए । त्यसपछि उनीहरु सम्बन्ध सुमधुर रुपमा अघि बढ्यो जुन विवाहमा परिणत भयो ।

यसो गर्न पैसा होइन दिमाग खर्च भयोः

उनीहरु आफ्ना साथीका लागि अचम्मको कार्ड पठाउन चाहन्थे र दिमागमा एक सोच बनाए – iPhone Wedding Invite

यदि तपाईं पनि विवाह गर्दै हुनुहुन्छ र आफ्ना साथीहरुमाझ केही असाधारण र रचनात्मक निमन्त्रणा कार्ड पठाउन चाहनुहुन्छ भने तपाईंले यो तरिका अपनाउन सक्नुहुन्छ । यसमा दिमाग लाग्नेछ, पैसा होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप