आकाशमै आगो लागेपछि विमान दुर्घटनाग्रस्त, तर, सबै बाँच्न सफल (भिडियो)
बुधबार, १६ चैत २०७३, १६ : ४३
एजेन्सी
पेरु, चैत १६ – पेरुमा भएको ठूलो विमान दुर्घटनाबाट प्लेनमा सवार सबै १४१ जना बाँच्न सफल भएका छन् ।
समाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा पेरुभियन एयरलाइन्सको बोइङ ७३७ विमान फ्रान्सिस्को कार्ले विमानस्थलमा विमानमा आगो लागिरहेको प्रष्ट देख्न सकिन्छ ।
यो विमानस्थल राजधानी लिमाबाट १६५ किलोमिटर पूर्वमा रहेको छ ।
विमान कम्पनीले वक्तव्य जारी गर्दै प्लेनमा सवार सबै सकुशल रहेको बताएको छ ।
विमानमा के कारणले आगो लगेको भन्ने अझै यकिन भएको छैन ।
घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण