सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अचम्मको रेकर्डः २६ वर्ष पुरानो वीर्यले जन्मिए जुम्ल्याहा

सोमबार, २८ चैत २०७३, १६ : ३४
सोमबार, २८ चैत २०७३

एजेन्सी

चैत २८ – यो खबर थोरै अचम्मको छ तर शत प्रतिशत वास्तविक हो । एक दम्पत्ती २६ वर्ष पुरानो वीर्यको मद्दतले आमा–बुवा बन्न सफल भएका छन् । महिलाले २६ वर्ष पुरानो वीर्यमार्फत जुम्ल्याहा बच्चालाई जन्म दिएर नयाँ रेकर्ड बनाएकी छिन् । २६ वर्षभन्दा लामो समयदेखि बचाएर राखेको वीर्यको मद्दतले यो दम्पत्तीले स्वस्थ छोरा र छोरीलाई जन्म दिएका छन् ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार एक स्कटिश संगीतकारले २६ वर्षदेखि आफ्नो वीर्यलाई सुरक्षित राखेका थिए । जब उनी २१ वर्षका थिए तब उनले आफ्नो वीर्यलाई स्टोर गरेका थिए र यिनै ‘फ्रोजन स्पर्म’ को मद्दतले उनी ४७ वर्षको उमेरमा पिता बनेका छन् । अहिले उनी ५४ वर्ष पुगेका छन् र उनका दुबै सन्तान पूर्ण रुपमा स्वस्थ छन् ।

वास्तवमा स्कटका यी संगीतकार क्यान्सरका बिरामी हुन् र त्यतिबेला उनलाई केमोथेरापी गर्नुपर्दथ्यो । डाक्टरले उनलाई केमोथेरापीपश्चात् उनको बुवा बन्ने सम्भावना निकै कम हुने जसका कारण वीर्यलाई बचाएर राख्ने सल्लाह दिएका थिए । डाक्टरको सल्लाह अनुसार नै उनले गरे र २६ वर्ष पछि सन् २०१० मा उनकी श्रीमती त्यही वीर्यमार्फत गर्भवती भइन् र दुई सन्तानलाई जन्म दिइन् । यससँगै यो जोडीले नयाँ रेकर्ड बनाएको छ । योभन्दा पहिले २३ वर्ष पुरानो फ्रोजन स्पर्मबाट बच्चा जन्माउने रेकर्ड एलेक्स पावेलको नाममा थियो तर स्कटका यी संगीतकारले यसलाई तोडिदिए ।

उनी आफ्नो पहिचान उजागर गर्न चाहँदैनथे त्यसकारण अहिलेसम्म चुप लागेर बसेको बताए तर जब उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको सूचीमा अज्ञात व्यक्तिको रुपमा पनि उनको रेकर्ड समावेश गर्न सकिन्छ भन्ने जानकारी भयो तब उनले मिडियासँग यसबारे कुराकानी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप