तौल घटाउने ६ ट्रिक, जुन कसैले बताएका थिएनन् तपाईंलाई
एजेन्सी
बैशाख १८ – डाइटिङ गर्न सजिलो छैन । तौल घटनाउन स्वस्थ खानेकुरा खाए पुग्छ भन्ने सोच्नुभएको होला तर यसका लागि खाना खाने नयाँ तरिका अपनाउनुपर्छ । आफ्नो शरिरको अतिरिक्त तौललाई नियन्त्रणमा राख्न ब्राइट साइडले केही ट्रिकबारे जानकारी दिएको छ । यी ट्रिकबारे तपाईंलाई पहिला कसैले पनि जानकारी दिएनन् ।
१. जब बाहिर खानुहुन्छ, सकेसम्म थोरै खानुहोस्ः
मेनु पढ्न समय लगाउनुहोस् । फास्टफुड पाइने रेष्टुरेन्ट छ भने पनि त्यसको सबैभन्दा थोरै मात्रा रोज्नुहोस् जस्तै मिनि ह्यामबर्गर, जुनियर पपकर्न, पर्सनल पिज्जा, लाइट सलाद आदि । एक अनुसन्धानका अनुसार जो मानिसले आफ्नो लागि खाना अर्डर गर्दैनन्, उनीहरुले टेबलमा भएको सबै खाना खाने गर्दछन् – पेट भरिएको भए पनि ।
२. आशाबादी हुनुहोस् । प्रत्येक सकारात्मक सोचले प्रभाव पार्छः
सधैं सकारात्मक रोचमा ध्यान केन्द्रित गर्नुहोस् । आफ्नो उद्देश्यलाई सकारात्मक तरिकाले दोहोराउनुहोस्, मन्त्र जस्तै । उदाहरणका लागिः ‘मैले एक किलो घटाए, वाह क्या दामी !’, ‘बिस्तारै तर अवश्य पनि’, ‘मैले लिएको जत्ति मात्र खान्छु’, ‘कोक, फ्यान्टा म छुँदै छुन्नँ’ । यस्ता सकारात्मक वाक्यले सकारात्मक नतिजातर्फ लैजान्छ ।
३. साथीसँग भन्दा एक्लै खानुहोस्ः
समूहमा भन्दा एक्लै खाने मानिसहरुले तुलनात्मक रुपमा कम खाने वैज्ञानिक रुपमा पुष्टि भएको छ किनभने खानाको टेबलमा धेरै समय बिताउँदा, गफ गर्दै, हाँस्दै खाना खाँदा कति खाइयो भन्ने पत्तै हुँदैन ।
तर सधैं एक्लै खानैपर्छ भन्ने होइन । टेबलमा आफूले खानुपर्ने खाना मात्र राख्नुहोस् जसले गर्दा जति समय लगाएर खाँदा पनि धेरै खाने डर नहोस् ।
४. भोक लाग्यो भने केरा सुघ्नुहोस्ः
सुन्दा अचम्म लाग्ला तर यो पनि पुष्टि भइसकेको छ । स्याउ, मिन्ट, केराजस्ता खानेकुरा सुघ्दा यसले दिमागलाई खाना खाएको भनी संदेश दिन्छ ।
तीन हजारभन्दा बढि समावेश भएको एक अनुसन्धानको निष्कर्ष अनुसार भोक लाग्दा यस्ता खानेकुरा सुघ्ने मानिसहरुको भोक घटेको र जसका कारण केही समयभित्रै तौल घटेको थियो । अचम्म छ नि ?
५. निलो रङलाई मनपर्ने रङ बनाउनुहोस्ः
एक नयाँ अनुसन्धानले निलो रङले भोक हराउन सहयोग गर्ने बताएको छ । त्यसकारण सजावटमा सकेसम्म निलो रङ प्रयोग गर्नुहोस् जस्तै निलो रङको टेबलक्लोथ, न्यापकिन, प्लेट र ग्लास अदि ।
यसलाई साइकोलोजी अफ कलर्स भनिन्छ । केही रङले तपाईंको भोक जगाउँछ भने केहीले ठिक विपरित काम गर्छन् ।
६. ऐनाको अगाडि खाना खानुहोस्ः
यस्तो किन भनेर सोचिरहनु भएको होला तर वैज्ञानिक तथ्यले ऐना अगाडि खाना खाँदा आफूले खाने खानाभन्दा एक तिहाई कम खाने निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण