बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

ट्रमा सेन्टरमा ‘विस्तारित अस्पताल सेवा' : शल्यक्रियाका लागि लामो समय कुर्नु नपर्ने

सोमबार, १८ वैशाख २०७४, १६ : ४३
सोमबार, १८ वैशाख २०७४
काठमाडौँ, १८ वैशाख । अब समय नपाएका कारण बिरामीले शल्यक्रिया गर्न लामो समय पर्खनु नपर्ने भएको छ । ट्रमा सेन्टरले वैशाख ५ गतेबाट ‘विस्तारित अस्पताल सेवा’ (इएचएस) अन्तर्गत नियमित समयपछि साँझ ५ देखि बेलुका ९ बजेसम्म शल्यक्रिया गरिरहेको छ । नियमित रुपमा दैनिक १२ वटासम्म शल्यक्रिया हुने सेन्टरमा सेवा विस्तार भएपछि थप चारवटासम्म शल्यक्रिया हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । विस्तारित सेवा सुरु भएपछि हिजो आइतबारसम्म ३० जनाले शल्यक्रिया गराइसकेका छन् । सेन्टरका कर्मचारी अश्विन बरालले नियमित बहिरङ्ग सेवा अर्थात् ओपिडी नै बिहान ९ देखि ५ बजेसम्म भएकाले हाललाई शल्यक्रिया सेवा विस्तार गरिएको जानकारी दिए । अस्पतालमा दैनिक करिब दुई सय बिरामी ओपिडी सेवामा उपचारका लागि आउँछन् । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा विप्लव सापकोटाले विस्तारित सेवाले बिरामीलाई लामो समय कुरेर शल्यक्रिया गर्नुपर्ने झन्झटबाट मुक्ति दिने बताए। उनले भने – ‘‘बिरामीले नियमित शल्यक्रिया शुल्कभन्दा बढी तिरेर छिटो गराउँछु भन्छ भने उनीहरुका लागि सजिलो छ । अस्पतालले नियमित शल्यक्रिया शल्यमा ५० प्रतिशत नबढ्ने गरी मात्र विस्तारित सेवामा शुल्क तोकेको छ । त्यसैले धेरै आर्थिक भार पर्दैन ।’’ विशेषगरी दुर्घटनामा परी आपत्कालीन उपचार गराउनुपर्ने घाइतेको सहज रुपमा उपचार गराउने उद्देश्यले निर्माण गरिएको ट्रमामा आउने धेरै बिरामी हाडसँग सम्बन्धित हुने गर्छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप