एमालेले नेतृत्व पाए देश १० वर्षमा समृद्ध बन्ने ओलीको दाबी
ललितपुर, बैशाख २४– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशको नेतृत्व गर्न पाएको खण्डमा दश वर्षमा आर्थिक कायापलट गर्ने दाबी गरेका छन् । तर, अरु पार्टीले नेतृत्व पाए ५० वर्षमा पनि देश जहीँको त्यहीँ हुने उनले दाबी गरे । ललितपुरमा उम्मेद्वारको परिचय तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले राप्रपासँग एमालेल गरेको चुनावी तालमेललाई गलत रुपमा लिन नहुने बताए । उनले एमाले र राप्रपाको तालमेल गलत तत्वहरुलाई हराउनको लागि भएको दाबी गर्दै भने, ‘ ०४८ सालमा बहुमत ल्याएको कांग्रेसले त्यसको सदुपयोग गरेर जनतालाई गोली हान्यो । किन हानेको भन्दा गोलीको आँखा हुन्न भन्यो । म भन्छु गोलीको होइन कांग्रेसकै आँखा छैन । कांग्रेस तानाशाही हो । कांग्रेसलाई बहुमत दियो भने उ तानाशाही हुन्छ ।’ उनले तत्कालिन अख्तियार प्रमुख लोकमन सिंह कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेस काँपेको तर अहिले भने प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन त्यही कांग्रेस सबैभन्दा अगाडि देखिएको आरोप लगाए । कांग्रेसको यस्तो हर्कतले ऊ सुशासनको पक्षमा नरहेको प्रष्ट हुने उनको भनाई छ । एमालेले काठमाडौं र ललितपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । सहमतिअनुसार ललितपुर र काठमाडौंमा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण