राजपासहित चार पार्टी गच्छदारको पार्टीमा समाहित, घोषणापत्र सार्वजनिक
काठमाडौ, बैशाख २४ – विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा चारवटा पार्टी समाहित भएका छन् । समाहित हुनेमा नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी, शेरबहादुर कर्की अध्यक्ष रहेको नेपाल पिपल्स पार्टी, धिरेन्द्र झा अध्यक्ष रहेको युनाईटेड नेपाल रिपब्लिकन पिपल्स पार्टी र देवीप्रसाद आचार्य अध्यष रहेको शान्ति पार्टी नेपाल लोकतान्त्रिक फोरमा आइतबार समाहित भएको घोषणा गरेका हुन् ।
चारै जनाले देशको ऐतिहासिक राजनीतिक कालखण्ड र समसामयिक राजनीतिक परिस्थितीको सन्दर्भमा गहन छलफल गरि दिगो राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध, एकतावद्ध राष्ट्र निर्माण गर्ने लोकतान्त्रिक फोरममा समायोजन गरेको बताएका छन् ।
समाहित भएको घोषणापछि जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘जनजाती समुदायबाट राष्ट्रिय राजनीतिमा बिशिष्ठ पहिचान बनाउन सफल भएका नेपाल लोकतान्त्रिक फोरमका राष्ट्रिय अध्यक्ष बिजय कुमार गच्छदारज्यूको नेतृत्वमा रहेको रुपान्तरित पार्टीलाई सशक्त निर्माण गर्ने उद्देश्यले समायोजन गरिएको हो । नेपाल लोकतान्त्रिक फोरम पार्टीको नेतृत्वलाई सरकारको नेतृत्वमा पु¥याएर देशको समग्र विकाशमा योगदान दिने समायोजन गर्ने पार्टीहरुको लक्ष्य छ ।’
त्यस्तै विज्ञप्तिमा एकल जातिय अभिजात्य वर्गको एकाधिकार समाप्त गर्ने लक्ष्य लिएर गरिएको यो समायोजन पश्चात एकिकृत पार्टीलाई राष्ट्रब्यापी रुपमा नेपाली जनताको घरदैलोमा पु¥याइ हिमाल, पहाड र तराइलाई एक सुत्रमा आवद्ध गर्ने अठोट लिएको उल्लेख छ ।
पार्टीले आजै घोषणा पत्र पनि सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण