पूँजी बजारमा दोहोरो अंकको पहिरोः अधिकांश समूहको सूचक रातो
आइतबार, २४ वैशाख २०७४, १७ : ०९
काठमाडौं, वैशाख २४– पहिलो चरणको स्थानीय तहको चुनाव आउन केही दिन मात्र वाँकी रहँदा नेपालको पूँजी बजार भने उल्टो दिशातर्फ अघि वढेको छ । निर्वाचन नजिकिँदै जाँदा सवैतिर उत्साह भइरहेपनि सेयर लगानीकर्तामा भने त्यसको प्रभाव कम देखिएको छ ।
स्थानीय निकायको निर्वाचनपछि लगानीकर्तामा राजनीतिक स्थिरता र लगानीको वातावरण वन्ने अपेक्षा गरिएपनि सेयर वजार भने दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार वजार २४ दशमलव २० अंकले झरेको छ ।
एक सय ४१ कम्पनीको ९ लाख ९९ हजार ७ सय १२ कित्ता सेयर खरिद विक्रि भएको आइतबार ६९ करोड २४ लाख १२ हजार ६८ रुपैयाँको कारोवार भएको छ ।
आइतबार बैंकिङ समूहको सूचक २७.९५, होटल समूहको सूचक २३.७८, विकास बैंक समूहको सूचक २२.४४, जलविद्युत समूहको सूचक ३१.९१ अंकले घटेको छ ।
यस्तै, फाइनान्स समूहको सूचक १०.८६ र बीमा समूहको सूचक ११२.३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार उत्पादनमुलक समूहको सूचक ५.२६ र अन्य समूहको सूचक ०.२९ अंकले बढेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण