फस्टलुकमा यस्तो देखियो ‘धनपति’
आइतबार, २४ वैशाख २०७४, १७ : २५
काठमाडौं, बैशाख २४ –दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’को फस्टलुक सार्वजनिक भएको छ । पशुपति प्रसादको व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा.लिले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेको हो ।
राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपती द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको छ । गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उ सँग अन्य आयस्रोत छैन । इमान बेच्न नचाहने स्वाभिमानी छ । छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ । यस्तै कथामा बनेको छ चलचित्र ‘धनपति’ ।
खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भुमिका रहेको चलचित्रमासुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ ।
सुर्य थोकरको द्धन्द्ध, , आधासुरको संगीत रहेको चलचित्रका निर्माता रोजिना सिटौला, सह–निर्माता रजना नापित, समीर देवकोटा ओम गुरुङ हुन् ।
– आफ्नो निर्देशकिय जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको चलचित्र ‘धनपति’ भएको निर्देशक दीपेन्द्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण