बस दुर्घनामा २६ जनाको मृत्यु
आइतबार, २४ वैशाख २०७४, १७ : २७
लागोस, २४ वैशाख । नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
दुई वटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिए ।
घटनामा परी बालबालिकासहित ११ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रत्यक्षदर्शीहरुले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिने गरी जलेको बताएका छन् ।
सडक दुर्घटनामा परी धेरै जनाको मृत्यु हुने देशहरुमध्ये नाइजेरिया विश्वमै अग्रपङ्क्तीमा पर्दछ ।
सडकको अवस्था नाजुक, राम्रोसँग मर्मत नगरिएका सवारीसाधान, ट्राफिक नियमको उलङ्घन, चालकहरुको हेलचक्रयाइँ र अनुगमनको अभावका कारण दुर्घटना धेरै हुने गरेको अधिकारीहरुको भनाइ छ । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण