नेपाल औषधि लिमिटेडले पुनः उत्पादन थाल्यो
आइतबार, २४ वैशाख २०७४, १७ : ३१
काठमाडौं, वैशाख २४– नेपाल औषधि उद्योगले आइतबारवाट पुनः औषधि उत्पादन सुरु गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि उद्योग लिमिटेड केही समयदेखि बन्द अवस्थामा थियो ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले आफ्नो कार्यभार सुरु गरे लगत्तै सरकारी स्वामित्वमा रहेर विभिन्न कारणले विगतमा वन्द रहेका सरकारी उद्योगहरुलाई प्राथमिकताका आधारमा पुन संचालन गर्ने नीति लिएका थिए । मन्त्रीको सोही नीति अनुसार नेपाल औषधी उद्योगले पुनर्जीवन पाएको हो ।
उद्योग मन्त्री जोशीकै पहलमा नेपाल सरकारले औषधि उत्पादनकालागि विश्व स्वाथ्य संगठन डव्लुएचओले तय गरेको कुशल निर्माण विधि सुरु गर्न सरकारका तर्फबाट १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप औषधि लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
सो अन्तर्गत पहिलो किस्ता वापत ६ करोड ४८ लाख रुपैंया निकासा भई नेपाल औषधि लिमिटेडले पहिलो चरणमा आइतबारवाट जीवन जलको उत्पादन शुरु गरेको छ । आगामी ३ महिनाभित्र सिटामोल लगायतका ट्याबलेट उत्पादन गरी बजारमा पु¥याउने लक्ष्यका साथ नवीकरण र आवश्यक मेसिनहरु खरिद गर्ने कार्यको ठेक्का सम्झौता गरी द्रुतस्तरमा कार्य अगाडि बढिरहेको जनाइएको छ ।
दोस्रो चरणमा नेपाल औषधि लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढि भएका १५ भन्दाबढी प्रकारका नयाँ औषधिसमेत उत्पादन गर्ने लक्ष्य लिई सो अनुरुप कार्य अगाडि बढाएको छ ।
यसैगरी, तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधि, झोल तथा मलमहरु उत्पादन गर्ने र इन्ट्राभेनस फ्युड शाखा समेत संचालनमा ल्याई स्लाईन अति आवश्यक औषधिहरुको उत्पादनलाई समेत अगाडि बढाउने प्रष्ट कार्यसूचीका साथ अगाडि बढिरहेको जनाइएको छ ।
राष्ट्रिय स्वास्थ्य नीति २०७१ को उद्धेश्य अनुरुप स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी सरकारबाट निःशुल्क वितरण गरिने ७० प्रकारका औषधि तथा सरकारले सूचिकृत गरेका अत्यावश्यक औषधि नेपाल औषधि लिमिटेडबाट उत्पादन गरी सरकारलाई उपलब्ध गराउने गरी कार्य योजना अगाडि बढाउने दिशामा समेत काम भइरहेको जनाएको छ ।
विगतमा नेपाल औषधि उद्योगले १२० किसिमका औषधिहरु उत्पादन गरी बजारमा विक्री गर्दै आइरहेको थियो । २०६६ सालदेखि सो औषधि उद्योग पूर्ण रुपमा बन्द अवस्थामा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण